Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जुवातास खेलिरहेका ९ जना पक्राउ, झण्डै एक लाख बरामद

जुवातास खेलिरहेका ९ जना पक्राउ, झण्डै एक लाख बरामद

शुक्रवार , आश्विन २५, २०८१

रोल्पा । दक्षिणी रोल्पाको होलेरीस्थित स्थानीय एक होटलमा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय होलेरीले स्थानीय चर्चित होटल कोहिनुरमा ठूलो रकमसहित जुवा खेलिरहेको भन्ने सूचना पाएपछि खोजी गर्ने क्रममा बिहीबार राति ११ बजेतिर नगदसहित ९ जनालाई पक्राउ गरिएको हो ।

सूचना पाएपछि इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक सरोज प्रजापतिको नेतृत्वमा १० जना प्रहरी खटाइएको थियो ।

जुवा खेलिरहेका ९ जनाबाट ५ गड्डी तास र ९१ हजार ६ सय १५ रुपैयाँ पनि बरामद गरिएको छ । उनीहरू होलेरीस्थित प्रहरी हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077