Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो अर्जेन्टिना

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो अर्जेन्टिना

शुक्रवार , आश्विन २५, २०८१

काठमाडौं । विश्वकप विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को छनोट खेलमा भेनेजुयलासँग १–१ को बराबरीमा रोकिएको छ ।

पहिलो हाफमा बनाएको १–० को अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकिएको हो ।

शुक्रबार भेनेजुयलामा भएको खेलमा अर्जेन्टिनाका लागि रक्षक निकोलस ओटामेन्टीले गोल गरेका थिए । घरेलु टिमका सालोमोन रोन्डेनले गोल फर्काए ।

विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको यो पहिलो बराबरी हो । तालिकाको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले नौ खेलबाट १९ अंक जोडेको छ ।

समान खेलबाट ११ अंक जोडेको भेनेजुयला तालिकाको छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077