Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हेनरिकको निर्णायक गोलमा ब्राजिलको पुनरागमन जित

हेनरिकको निर्णायक गोलमा ब्राजिलको पुनरागमन जित

शुक्रवार , आश्विन २५, २०८१

काठमाडौं । ब्राजिलले फिफा विश्वकप–२०२६ अन्तर्गत चिलीविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ ।

खेलको दोस्रो मिनेटमै १–० ले पछि परेको अवस्था उल्ट्याउँदै ब्राजिलले पुनरागमन जित निकालेको हो ।

शुक्रबार बिहान चिलीमा भएको खेलमा घरेलु टिमले दोस्रो मिनेटमै अग्रता बनाएको थियो । चिलीका एडुर्डो भार्गासले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा इगोर जिससले गोल गर्दै ब्राजिललाई खेलमा फर्काए । खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा लुइस हेनरिकले गरेको गोल निर्णायक बनेपछि ब्राजिलले २–१ को जित पक्का गरेको हो ।

छनोटमा नौ खेल खेलेको ब्राजिलको यो चौथो जित हो । तालिकाको चौथो स्थानमा उक्लिएको ब्राजिलले १३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077