Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बेरुतमा इजरायली हवाई आक्रमणमा परी २२ जनाको मृत्यु

बेरुतमा इजरायली हवाई आक्रमणमा परी २२ जनाको मृत्यु

शुक्रवार , आश्विन २५, २०८१

एजेन्सी । इजरायलले लेबनानको मध्य बेरुतको रस अल–नाबालाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।

उक्त आक्रमणमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ भने अन्य ११७ जना घाइते भएका छन् ।

कुनै चेतावनीबिना नै भएको आक्रमणले राजधानीको मध्यभागमा रहेका दुईवटा आवासीय भवनलाई निशाना बनाएको थियो।

सेप्टेम्बरको अन्त्यमा इजरायली सैन्य कारबाही विस्तार भएदेखि बेरुतको दक्षिणी उपनगर दहियाह बाहिर यो तेस्रो इजरायली आक्रमण हो ।

यसअघिका आक्रमणहरूले सेप्टेम्बर २९ मा बेरुतको कोला र अक्टोबर ३ मा बाचौरालाई लक्षित गरेको थियो ।

आवासीय ब्लकहरूबाट भवनहरू हल्लिरहेको र धुवाँ निस्किएकोले झन्डै एक माईल टाढाबाट प्रभाव महसुस गरेको लेबनानको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।

लेबनानको जनस्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ बेरुतमा इजरायली आक्रमणमा ११ जनाको मृत्यु भएको र ४८ जना घाइते भएको सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077