Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

भैंसेपाटी हनि ट्रयापिङ प्रकरण : जवान पक्राउ, इन्सपेक्टर निगरानीमा, एसपी छानविनमा

भैंसेपाटी हनि ट्रयापिङ प्रकरण : जवान पक्राउ, इन्सपेक्टर निगरानीमा, एसपी छानविनमा

शुक्रवार , आश्विन २५, २०८१

काठमाडौं । भैंसेपाटी प्रहरी प्रभागमा व्यापारीलाई थुनामा राखी ३० लाख रुपैयाँ असुलिएको घटनामा संलग्न एक प्रहरी पक्राउ परेका छन्।

इन्सपेक्टर बिनुकुमारी शाहीको निर्देशनमा पैसा असुलीमा संलग्न जवान पक्राउ परेका हुन्।

पक्राउ परेका व्यापारीको खातामा पैसा डिपोजिट गर्न जाँदा जवान पनि सँगै गएका थिए।

जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी नरहरी अधिकारी नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा जवान पक्राउ परेका हुन्।

समितिले इन्सपेक्टर शाहीमाथि समेत मुद्दा चलाउन सिफारिस गरेको छ। निलम्बनमा रहेका शाहीलाई निगरानीमा राखिएको स्रोत बताउँछ।

साथै आरोपीहरूसँग शंकास्पद सम्बन्ध देखिएका एसपी कमल थापामाथि थप छानबिनको सिफारिस भएको छ।

प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन अघि बढाएको छ।

सुनसरीका ताज इस्लामको समूहले एक युवती प्रयोग गरी जग्गा व्यापारीलाई हनि ट्रयापमा फसाएको थियो।

पछि प्रहरीसँग मिलेर बलात्कार मुद्दामा फसाइदिने भन्दै थुनामा राखेर पैसा असुलिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077