Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

इजरायल र हिजबुल्लाहबीच युद्धविराम गर्ने प्रस्ताव पारित गर्न लेबनानी प्रधानमन्त्रीको आग्रह

इजरायल र हिजबुल्लाहबीच युद्धविराम गर्ने प्रस्ताव पारित गर्न लेबनानी प्रधानमन्त्रीको आग्रह

शनिवार , आश्विन २६, २०८१

एजेन्सी । लेबनानका प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गरेका छन्।

स्थानीय टेलिभिजनलाई शुक्रवार सम्बोधन गर्दै उनले युद्धविरामको एउटा अंशका रूपमा इजरायलसँगको सीमामा सेना तैनाथ गर्न आफ्नो सरकारको प्रतिबद्धतामा जोड दिँदै हिजबुल्लाह यस विषयमा सहमत भएको बताए।

लेबनानको विदेश मन्त्रालयले राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई ‘पूर्ण र तत्काल युद्धविराम’ को आह्वान गर्ने प्रस्ताव जारी गर्न अनुरोध गर्ने उनले बताए।

उनका अनुसार लेबनान सरकार सन् २००६ मा अपनाइएको र मुलुकको दक्षिणमा लेबनानी सेना र शान्तिसेना मात्र तैनाथ हुनुपर्ने आह्वानसहितको ‘प्रस्ताव १७०१ को पूर्ण कार्यान्वयन’ प्रति प्रतिबद्ध छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077