Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

डडेल्धुरामा प्लास्टिकको बोरा भित्र किशोरीको शव फेला

डडेल्धुरामा प्लास्टिकको बोरा भित्र किशोरीको शव फेला

शनिवार , आश्विन २६, २०८१

डडेल्धुरा । डडेल्धुरामा प्लास्टिकको बोरा भित्र किशोरीको शव फेला परेको छ।

जिल्लाको अमरगढी नगरपालिका–७ पोखरा बजारमा सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव प्लास्टिकको बोरा भित्र फेला परेको हो।

शुक्रवार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको प्रहरीले बताएको छ। स्थानीयले बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशँका गरेका छन्।

मृतक बालिकाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल लगिएको छ। प्रहरीले शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिएको छ। उनलाई सार्वजनिक गरिएको छैन।

घटनाको विषयमा प्रहरीले अनुसन्धान गर्दै छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077