Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा राजीव नियुक्त

पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा राजीव नियुक्त

शनिवार , आश्विन २६, २०८१

काठमाडौं । पोखरा एभेन्जर्सले मुख्य प्रशिक्षकमा राजीव कुमारलाई नियुक्त गरेको छ ।

नेपाल प्रिमियर लिगका लागि पोखरा एभेन्जर्सले भारतका राजीव कुमारलाई अनुबन्ध गरेको हो ।

उनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिरहेका छन् ।

उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् ।

सन् २००३ मा बिदर्भ ट्रफीमा बिहार र झारखण्डको लागि महेन्द्र सिंह धोनी र राजीवले सँगै क्रिकेट खेलेका थिए।

पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077