Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सिउँडीका युवकमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा ६ जना पक्राउ

सिउँडीका युवकमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा ६ जना पक्राउ

शनिवार , आश्विन २६, २०८१

अछाम । अछामको चौरपाटी गाउँपालिकामा एक युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ ।

पालिकाको वडा नम्बर ७ मार्कुमा लाग्ने दशैँ मेलाबाट फर्कने क्रममा वडा नम्बर १ का शंकर साउँदमाथि शुक्रबार राति एक समूहले धारिलो हतियार प्रहार गरेको हो ।

उनीमाथि वडा नम्बर ३ का युवाहरुले सोही ठाउँको चिरकेट्टेमा धारिलो हतियार प्रहारसँगै कुटपिट गरेको प्रहरी चौकी सिउँडीले जनाएको छ । यद्धपी उनीहरुले खुडा प्रहार गरेका हुन् वा होइनन् भन्ने खुल्न सकेको छैन् ।

तर गम्भीर घाइते भएका युवकले भने आफूमाथि खुडा हानिएको आरोप लगाएका छन् । प्रहरी चौकी सिउँडीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक रमेश कुमार नाथका अनुसार घटनामा संलग्न वडा नम्बर ३ का ६ जना युवाहरुलाई नियन्त्रणमा लिइएको छ । अन्यको खोजी कार्य भइरहेको बताइएको छ ।

उनीहरुले प्रारम्भिक सोधपुछका क्रममा खुडा प्रहार नगरेको तर वियरको बोलत हानिएको बयान दिएका छन् । घटनामा घाइते भएका साउँदलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरी चौकीमा निवेदन मात्रै परेको बताइएको छ । मुद्धा दर्ता भने गरिएको छैन ।

घाइतेको उपचार गरेर फर्किएपछि मात्रै थप छलफल हुने प्रहरीले जनाएको छ । घाइते भएका साउँदको गर्धन नजिकै ठूलो चोट लागेको छ भने टाउँको र हातमा पनि चोट लागेको बताइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

[caption id="attachment_315359" align="alignnone" width="800"] घाइते युवक शंकर साउँद[/caption]

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077