Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

युवती बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ

युवती बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ

शनिवार , आश्विन २६, २०८१

बैतडी । युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ परेका छन् ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार प्रहरी हवल्दार जोशीलाई शुक्रबार स्थानीयले महाकाली पारी भारततर्फबाट जोशीलाई नियन्त्रणमा लिएका थिए ।

जोशी कञ्चनपुरको वेदकोट नगरपालिका–५ का स्थानीय हुन् । डिम्बरकी १९ वर्षीया किशोरी बेपत्ता भएको घटनामा जोशीको संलग्नता रहेको आरोप स्थानीयले लगाएका छन् ।

बेपत्ता किशोरीको अवस्था अज्ञात रहेको छ। उनीहरुले चौकी इन्चार्ज जोशीले नै किशोरीलाई बेपत्ता पारेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077