Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काभा यू-२० भलिबल : उपाधि जित्न चुक्यो नेपाल

काभा यू-२० भलिबल : उपाधि जित्न चुक्यो नेपाल

शनिवार , आश्विन २६, २०८१

काठमाडौं । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपको उपाधि जित्न नेपाल असफल भएको छ ।

श्रीलङ्काको कोलम्बोमा भएको फाइलनमा नेपाल उज्वेकिस्तानसँग पराजित भएसँगै उपाधि जित्न असफल भएको हो । नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भयो ।

पहिलो सेट जितेको नेपालले त्यसपछिका तीन वटा सेटमा लगातार हार्‍यो । हिजोको खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो ।

तुर्कमेनिस्तानसँग समान अङ्क भए पनि सेटको जीतका आधारमा नेपाल फाइनलमा पुगेको हो । प्रतियोगितामा आयोजक श्रीलंका र नेपालसँगै उज्वेकिस्तान, तुर्कमिनिस्तान, किर्गिस्तान र माल्दिभ्सको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077