Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

शनिवार , आश्विन २६, २०८१

कैलाली । कैलालीको चुरे गाउँपालिका–६, ढुंगेनी गाउँका डम्मरबहादुर चुनाराले बन्चरो प्रहार गरी ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको हत्या गरेका छन् ।

निजले आफ्नी श्रीमतीको टाउकोमा बन्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ ।

गए राति नै धनगढी क्षेत्रबाट बझाङको केदारस्यू गाउँपालिका–२ का २० वर्षीय पारस रावल र धनगढी उपमहानगरपालिका–१४ का १९ वर्षीय आकाश मगरलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077