Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गाजाको एक शिविरमाथि इजरायली सेनाको आक्रमण, ३३ जनाको मृत्यु

गाजाको एक शिविरमाथि इजरायली सेनाको आक्रमण, ३३ जनाको मृत्यु

शनिवार , आश्विन २६, २०८१

एजेन्सी । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा परी ३३ जनाको मृत्यु भएको छ।

गाजाको सिभिल डिफेन्स अथोरिटीले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली युद्धक विमानहरूले जबलिया क्षेत्र र त्यहाँ रहेको शिविरमा बमबारी गर्दा गत २४ घन्टामा ९६ जना घाइते भएका छन् ।

स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले घर–घरमा व्यापक बमबारी गर्दै ठूलो विस्फोट गराएको थियो ।

एक विश्वव्यापी चिकित्सा परोपकारी संस्था डाक्टर्स विदाउट बोर्डर्सले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायलको सैन्य कारबाहीका कारण हजारौं प्यालेस्टिनी अझै पनि जबलिया क्षेत्रमा फसेको बताइएको छ।

गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ४२ हजार एक सय ७५ जना पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077