Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रोनाल्डोको गोलमा पोर्चुगलको जित

रोनाल्डोको गोलमा पोर्चुगलको जित

आइतवार , आश्विन २७, २०८१

एजेन्सी । युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगलले पोल्याण्डमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पोर्चुगलले पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा बेर्नार्डो सिल्भा र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए भने एक गोल पोल्याण्डका जान बेडनारेकले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै पोल्याण्डका लागि एक गोल पिओट जिएलिन्सकीले गरेका थिए । यो जितपछि पोर्चुगलले नेसन्स लिग ए को समुह एक मा ३ खेलमा तिनै जित हासिल गर्दै ९ अंक बनाएको छ र समुहमा शिर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077