Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कोहलपुरमा भेटियो टाउको बिनाको शव, थप अनुसन्धान गर्दै प्रहरी

कोहलपुरमा भेटियो टाउको बिनाको शव, थप अनुसन्धान गर्दै प्रहरी

आइतवार , आश्विन २७, २०८१

बाँके । कोहलपुरमा एक युवकको टाउको बिनाको शव फेला परेको छ।

कोहलपुर नगरपालिका-८ मा स्थानीय चन्द्रबहादुर कामीको टाउको बिनाको शव फेला परेको हो ।

आइतबार बिहान पौने २ बजेतिर टाउको बिनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

अनुसन्धान गर्दै जाँदा बिहान मात्रै हत्या गरिएका व्यक्तिको पहिचान खुलेको थियो। सूचना पाए लगतै घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

बंगलाटोलभित्री सडक खण्डअन्तर्गत सरस्वती टोल नजिकै टाउको बिनाको शव फेला परेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

हत्या गरिएका व्यक्ति सामान्य मजदुरी गरी जीवन यापन गर्दै आएको खुलेको छ। आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले शव पोष्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077