Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दुर्गा मेलाबाट पेस्तोलसहित एक जना पक्राउ

दुर्गा मेलाबाट पेस्तोलसहित एक जना पक्राउ

आइतवार , आश्विन २७, २०८१

रौतहट। रौतहटमा दुर्गा मेला लागेको स्थानबाट पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने ५६ वर्षीय भोला राय यादव छन्।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको गस्ती टोलीले यादवलाई पक्राउ गरेको हो।

यादवमाथि शंका लागेर चेक गर्दा उनको साथबाट मेडइन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यादवको साथबाट बरामद भएको पेस्तोलको एक साइडमा ‘अटोमेटिक पेस्तोल, मेड इन यूएसए’ लेखिएको छ भने अर्को साइडमा ‘अटोमेटिक पेस्तोल नाइन एमएम नाइन राउण्ड’ लेखिएको छ ।

प्रहरीका अनुसार यादवको साथबाट एक थान पेस्तोलसँगै त्यसको म्याग्जिन एक थान, गोली चार राउण्ड र सर्ट गनको गोली दुई राउण्ड पनि बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077