Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपका उपविजेता खेलाडीलाई विमानस्थलमा स्वागत

काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपका उपविजेता खेलाडीलाई विमानस्थलमा स्वागत

आइतवार , आश्विन २७, २०८१

काठमाडौं। श्रीलंकामा भएको काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका खेलाडीलाई खादा, टीका र जमरा लगाइदिएर स्वागत गरिएको हो।

शनिबार भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ३-१ को सेटमा पराजित भएको थियो।

टोलीलाई नेपाल भलिबल संघका पदाधपकारीले आइतबार त्रिभुवन विमानस्थलमा स्वागत गरे । संघका पदाधिकारीले खेलाडीहरुलाई दशैँको टीका समेत लगाइदिएका थिए।

पहिलो पटक भएको काभा यु-२० पुरुष भलिबलमा नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो ।

श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजित हुँदै उपिजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077