Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

डडेल्धुरामा किशोरीको हत्या गरेको आरोपमा स्टेशनरी संञ्चालक पक्राउ

डडेल्धुरामा किशोरीको हत्या गरेको आरोपमा स्टेशनरी संञ्चालक पक्राउ

आइतवार , आश्विन २७, २०८१

डडेल्धुरा। डडेल्धुरामा किशोरीको हत्या आरोपमा प्रहरीले एक व्यापारीलाई पक्राउ गरेको छ ।

पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर शव फालेको अवस्थामा भेटिएकी अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न स्टेशनरी पसलका संञ्चालकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी रहेका छन् । उनी पोखरा बजारमा भण्डारी पुस्तक तथा स्टेशनरी पसल सञ्चालन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आज पत्रकार सम्मेलन गर्दै भण्डारीलाई सार्वजनिक गरेको हो । भण्डारीले किशोरीको हत्या गरेको स्वीकार गरेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

भण्डारीले आफ्नै पसलको कोठामा भट्टराईको घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् । तर भण्डारीले किशोरीको हत्या के–कति कारणले गरे ? भन्ने कुरा खुलिसकेको छैन । भण्डारीले आवेशमा आएर भट्टराईको हत्या गरेको बयान दिएकाथिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077