Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा

लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा

आइतवार , आश्विन २७, २०८१

एजेन्सी। भारतीय राष्ट्रवादी कांग्रेस पार्टीका नेता बाबा सिद्दिकीको हत्याको जिम्मा लरेन्स विश्नोई समूहले लिएको छ।

सामाजिक सञ्जालमार्फत बिश्नोई समूहले नेता सिद्दिकीको हत्याको जिम्मेवारी लिएको हो।

उक्त समूहले बलिउड अभिनेता सलमान खानलाई सहयोग गर्ने व्यक्तिले आफ्नो हिसाब–किताब गरेर बस्न चेतावनीसमेत दिएको थियो ।

विश्नोई समूह बेलाबेला अभिनेता सलमान खानलाई मार्ने धम्की दिँदै आएको छ । मुम्बईको बान्द्रामा गएराति आक्रमणकारीले नेता सिद्दिकीमाथि दर्जनौँ गोली प्रहार गरेका थिए ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये एक उत्तर प्रदेश र अर्का आरोपी हरियाणाका भएको बताइएको छ ।

सिद्दिकीले महाराष्ट्र विधानसभामा बान्द्रापश्चिमबाट तीन पटक प्रतिनिधित्व गरेका थिए। गोली प्रहारबाट गम्भीर घाइते सिद्दिकीलाई लीलावती अस्पताल लगिएको थियो । तर, चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077