Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

चौरपाटी कुटपिट प्रकरण : घाइते शंकरको उपचार गर्ने र क्षतिपूर्ति दिने सहमति

चौरपाटी कुटपिट प्रकरण : घाइते शंकरको उपचार गर्ने र क्षतिपूर्ति दिने सहमति

आइतवार , आश्विन २७, २०८१

अछाम । अछामको चौरपाटी गाउँपालिकामा भएको कुटपिटको घटना मिलेको छ । गत शुक्रबार पालिकाको वडा नम्बर ७ मार्कुमा लाग्ने दसैँ मेलाबाट फर्कने क्रममा वडा नम्बर १ का शंकर साउँदमाथि बाटोमा कुटपिटसँगै बियरका बोतल प्रहार भएको थियो ।

सो घटना दुई दिनको छलफलपछि उपचार खर्च व्यहोर्ने र क्षतिपूर्ति दिने समझदारी बनेपछि मिलेको हो । प्रहरी चौकी सिउँडीमा शनिबार र आइतबार मिलापत्रका लागि छलफल भएको थियो । शनिबार दिनभर सहमतिको प्रयास गरिए पनि निष्कर्ष भने निस्केको थिएन ।

तर आइतबार भने पीडित पक्षसँग घाइतेको उपचार खर्च व्यहोर्ने र क्षतिपूर्ति दिने समझदारी बनेसँगै कुटपिटको घटना मिलेको प्रहरीले जनाएको छ । प्रहरी चौकी सिउँडीका अनुसार कुटपिटबाट घाइते शंकरको उपचार गर्ने सहमति भएको छ ।

त्यसपछि कुटपिटबाट घाइते शंकरका आफन्त र कुटपिटमा संलग्नका आफन्तबीच तीन लाख ५० हजार क्षतिपूर्ति दिने कागज पनि बनेको छ । कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले वडा नम्बर ३ का ७ जना युवाहरूलाई नियन्त्रणमा लिएको थियो । घटना मिलापत्र भएसँगै उनीहरूलाई पनि छाडिएको प्रहरीले जनाएको छ ।

[insert page='315345' display='yopanipadhnuhos.php']

उनीहरुबीच शुक्रबार राति वडा नम्बर ३ को चिरकिटे्टमा सामान्य विवादपछि झगडा भएको बताइएको थियो । कुटपिटबाट घाइते भएका शंकरलाई थप उपचारका लागि शनिबार दिउँसो धनगढी पठाइएको थियो ।

उनको धनगढीस्थित निर्सग अस्पतालमा उपचार भइरहेको छ । उनको टाउँको, हात र गर्धन नजिक चोट लागेको छ । उनको शरीरमा २० भन्दा बढी टाँका लगाइएको छ । तर यता घटना मिलापत्रमा टुंग्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077