Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बर्दियाको नेपाल-भारत सिमानामा गोली चल्यो

बर्दियाको नेपाल-भारत सिमानामा गोली चल्यो

सोमवार , आश्विन २८, २०८१

बर्दिया । बर्दियाको नेपाल-भारत सिमानामा आइतबार राति गोली चलेको छ ।

बर्दिया सदरमुकाम गुलरिया-८ स्थित सिमानामा गएराति करिब ७ बजे खेतमा काम गरिरहेको अवस्थामा गोली प्रहार हुँदा एक जना घाइते भएका हुन् ।

उनको ढाडमा गोलीको छर्रा लागेको बताइएको छ । सशस्त्र प्रहरी बल ३१ नम्बर गणका अनुसार गोली लागेको घटना राति ८ बजे प्रहरीलाई आफन्तले जानकारी गराएका थिए ।

घाइतेको उपचार जिल्ला अस्पताल गुलरियामा लगिएको थियो । उपचार त्यहाँ सम्भव नभएपछि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । गोली कसले चलायो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077