Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

श्रीलंकासँगको पहिलो टी–२० मा वेस्ट इन्डिज पाँच विकेटले विजयी

श्रीलंकासँगको पहिलो टी–२० मा वेस्ट इन्डिज पाँच विकेटले विजयी

सोमवार , आश्विन २८, २०८१

एजेन्सी । श्रीलङ्कासँगको पहिलो टी–२० मा वेस्ट इन्डिज पाँच विकेटले विजयी भएको छ । घरेलु टोली श्रीलङ्काले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभर एक बलमा पाँच विकेट गुमाएर भेट्टायो ।

वेस्ट इन्डिजको जीतमा ओपनर ब्रान्डन किङले सर्वाधिक ६३ र इभिन लुईसले ५० रन बनाए ।

त्यसअघि दम्बुल्लामा टस हारेर पहिला व्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो ।

उसका कप्तान चारिथ असालान्काले ५९ र कामिन्दु मेन्डिसले ५१ रन बनाए । यो जीतसँगै तीन खेलको टी–२० शृङ्खलामा वेस्ट इन्डिजले १–० को अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077