Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इजरायली सैन्य शिविरमा हिजबुल्लाहको ड्रोन आक्रमण, चार सैनिकको मृत्यु

इजरायली सैन्य शिविरमा हिजबुल्लाहको ड्रोन आक्रमण, चार सैनिकको मृत्यु

सोमवार , आश्विन २८, २०८१

एजेन्सी । हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन आक्रमण गर्दा ४ सैनिकको मृत्यु भएको छ।

उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको आक्रमणमा ४ सैनिकको मृत्यु भएको हो ।

आक्रमणमा अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक्षा बलले जनाएको छ।

आईडीएफका अनुसार आक्रमणमा सात सैनिकहरू गम्भीर घाइते भएका छन् ।

तेल अभिभ र हाइफाको बीचमा रहेको क्षेत्रमा इजरायली रक्षा बल गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरिएको थियो ।

इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा बिहीबार गरेको आक्रमण प्रतिउत्तरमा सैन्य आधार शिविरमा आक्रमण गरिएको हिजबुल्लाहको संचार कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077