Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

डोनाल्ड ट्रम्पको र्‍यालीबाट बन्दुकसहित एक जना पक्राउ

डोनाल्ड ट्रम्पको र्‍यालीबाट बन्दुकसहित एक जना पक्राउ

सोमवार , आश्विन २८, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पको र्‍यालीबाट दुई बन्दुक र नक्कली राहदानीसहित एक जनालाई पक्राउ गरिएको छ।

क्यालिफोर्नियाको कोचेलामा ट्रम्पको र्‍यालीनजिकै ती व्यक्तिलाई पक्राउ गरिएको हो ।

ती व्यक्तिका साथबाट एउटा सटगन र लोड गरिएको ह्यान्डगन र नक्कली राहदानी बरामद गरिएको प्रहरीले जनाएको छ ।

४९ वर्षीय वेम मिलरलाई पक्राउ गरिएको हो । कालो रङको एसयूभी कार चलाउँदै गर्दा सुरक्षाकर्मीले उनलाई सुरक्षा जाँचचौकीनजिकै रोकेका थिए ।

रिभरसाइड काउन्टी प्रहरी कार्यालयले मिलरलाई हिरासतमा लिइएको जनाएको छ । गोली भरिएको बन्दुक र उच्च क्षमताको गोलाबारुद राखेको मिलरमाथि आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077