Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यू-१९ महिला विश्वकप एसिया छनोट : बन्द प्रशिक्षणमा १८ खेलाडी बोलाइए

यू-१९ महिला विश्वकप एसिया छनोट : बन्द प्रशिक्षणमा १८ खेलाडी बोलाइए

सोमवार , आश्विन २८, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफायरको तयारीका लागि १८ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

क्यानले आईसीसीको कार्यक्रम अनुसार नोभेम्बर २०२४ मा सञ्चालन हुने आईसीसी यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफाइयर प्रतियोगिताका लागि राष्ट्रिय महिला क्रिकेट टोलीका तयारी बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनौट गरिएको हो ।

बन्द प्रशिक्षण ३० असोज २०८१ देखि भैरहवामा हुनेछ। बन्द प्रशिक्षणमा मनिषा कुमारी उपाध्याय, एलिसा कुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार, सना प्रविन र पूजा महतो छानिएका छन् ।

यस्तै, सावित्री धामी, कुश्मा गुरुङ, ज्योत्स्निा मरासिनी, स्नेहा महरा, सोनि पाख्रिन र भवानी कामत रहेका छन् ।

क्यानका अनुसार सिमाना केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरनकुमारी कुँवर र रञ्जु श्रेष्ठलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077