Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रहरीको घुमुवा हुँ भन्दै ठगी गर्ने सुनिलकुमार पक्राउ

प्रहरीको घुमुवा हुँ भन्दै ठगी गर्ने सुनिलकुमार पक्राउ

सोमवार , आश्विन २८, २०८१

रौतहट । प्रहरीको घुमुवा भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले परोहा नगरपालिका-२ बस्ने ३५ वर्षीय सुनिलकुमार बैठालाई पक्राउ गरेको हो।

उनले घुमुवा प्रहरी हुँ भन्दै सर्वसाधरणसँग रकम असुल गर्न खोजेको, विभिन्न व्यक्तिहरूको जिउ तलासी लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अस्थायी प्रहरी पोष्ट जिङगड्वा रौतहटबाट खटिएको टोलीले परोहा-२ लालबकैया पुलबाट पक्राउ गरेको हो।

प्र २–०३–०१९प९५३७ नम्बरको मोटरसाईकल चढेर राजमार्गतर्फ आउँदै गरेका बैठाको झोला जाच गर्ने क्रममा नगद १७ हजार ९ सय पैतिस रुपैया, लागुऔषध नाईट्रोभेट ट्याब्लेट १० पिस,  २०० ग्राम लागुऔषध गाजा, मोबाईल थान १ र कोरेक्स बोटल फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई कार्यालयले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077