Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साफ च्याम्पियनसिप : एन्जिलाको कप्तानीमा नेपाली राष्ट्रिय टिमको घोषणा

साफ च्याम्पियनसिप : एन्जिलाको कप्तानीमा नेपाली राष्ट्रिय टिमको घोषणा

सोमवार , आश्विन २८, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले वुमेन्स साफ च्याम्पियनसिप २०२४ का लागि २३ सदस्यीय टिम घोषणा गरेको छ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले एन्जिला तुम्बापोको नेतृत्वमा नेपाली राष्ट्रिय टिमको घोषणा गरेका हुन् । उनी गोलरक्षक पनि हुन् ।

यस्तै अन्य दुई गोलरक्षकमा अञ्जना रानामगर र उषा नाथ छिन् । यस्तै डिफेन्डरमा गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिराकुमारी भुजेल र सजनी थोकर छन् ।

यस्तै मिडफिल्डमा रेनुका नगरकोटी, प्रिति राई, सुरु लिम्बू, दीपा शाही, सविता रानागमर, अनिता वस्नेत, अमिशा कार्की र विमला चौधरी छन् ।

फरवार्डमा भने रश्मिकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी छन् ।

नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ र यसमा सम्मिलित अन्य टिममा भुटान, माल्दिभ्स र श्रीलंका रहेका छन् ।

नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा भुटानको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077