Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

वुमेन्स साफ च्याम्पियनसिप खेल्न नेपाल आइपुग्यो माल्दिभ्स टिम

वुमेन्स साफ च्याम्पियनसिप खेल्न नेपाल आइपुग्यो माल्दिभ्स टिम

सोमवार , आश्विन २८, २०८१

काठमाडौँ । वुमेन्स साफ च्याम्पियनसिप-२०२४ मा सहभागी हुन माल्दिभ्सको टिम काठमाडौं आइपुगेको छ ।

पाकिस्तानपछि माल्दिभ्स नेपाल आइपुग्ने दोस्रो टिम बनेको हो ।

माल्दिभ्स प्रतियोगिताको समूह 'बी’ मा रहेको छ र उसको प्रतिद्वन्द्वीमा आयोजक नेपालसँगै भुटान र श्रीलंका रहेका छन् ।

माल्दिभ्सको पहिलो खेल शुक्रबार श्रीलंकाविरुद्ध रहेको छ । प्रतियोगिताको बिहीबार हुने उद्घाटन खेलमा भारतले पाकिस्तानको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077