Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

साफ महिला च्याम्पियनसिपको तयारी पूरा

मंगलवार , आश्विन २९, २०८१

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप कात्तिक १ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको हो ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गर्दै एन्फाले च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

प्रतियोगितामा नेपाल लगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077