Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

साफ महिला च्याम्पियनशिप खेल्न श्रीलंकाको टोली पनि नेपाल आइपुग्यो

साफ महिला च्याम्पियनशिप खेल्न श्रीलंकाको टोली पनि नेपाल आइपुग्यो

मंगलवार , आश्विन २९, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलका लागि श्रीलङ्काको टोली पनि नेपाल आइपुगेको छ । श्रीलङ्काको टोली आज दिउँसो काठमाडौं आइपुगेको हो ।

अखिल नेपाल फुटबल सङ्घका अनुसार साफ महिला च्याम्पियनशिप खेल्न आइपुग्ने श्रीलङ्का चौथो टोली बनेको छ । यसअघि आजै बङ्गलादेशको टोली काठमाडौं आइपुगेको छ ।

हिजो माल्दिभ्सको टोली र अस्ति आइतवार पाकिस्तानको टोली काठमाण्डौ आइपुगेको छ । अब भारत र भुटानको टोली आउन बाँकी छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077