Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको फराकिलो जित

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको फराकिलो जित

बुधवार , आश्विन ३०, २०८१

एजेन्सी । फिफा विश्वकप २०२६ छनोट खेलमा अर्जेन्टिनाले फराकिलो जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६-० ले हराएको हो ।

घरेलु टोली अर्जेन्टिनाले भ्रमणकारी टोलीविरुद्ध मध्यान्तरमै ३–० को अग्रता बनाएको थियो । कप्तान लियोनल मेसी चम्किएपछि खेलमा अर्जेन्टिनाले एकपक्षीय दबाब बनाएको थियो । उनी एक्लैले तीन गोल गरे ।

मेसीबाहेक लौटारो मार्टिनेज, जुलियन अल्भारेज र थियागो बलमडाले समान एक गोल गरे ।

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना शीर्ष स्थानमा छ । मेसीकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ को कतार फिफा विश्वकप जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077