Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइनल समिकरण पूरा

आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइनल समिकरण पूरा

बुधवार , आश्विन ३०, २०८१

एजेन्सी । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा इङ्गल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिजो भएको समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले इङ्गल्यान्डलाई ६ विकेटले हराएको हो ।

दुबईमा इङ्गल्यान्डले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको इङ्गल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो ।

यो खेलसँगै महिला टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’ बाट अस्ट्रेलिया शीर्ष स्थानमा रहँदै र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् ।

समूह ‘बी’ बाट वेस्ट इन्डिजसँगै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077