Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सैन्य सहयोग कटौती गर्ने इजरायललाई अमेरिकाको चेतावनी

सैन्य सहयोग कटौती गर्ने इजरायललाई अमेरिकाको चेतावनी

बुधवार , आश्विन ३०, २०८१

एजेन्सी । गाजामा मानवीय सहायताको पहुँच बढाउन अमेरिकाले इजरायललाई ३० दिनको समय दिएको छ ।

त्यसो नभए अमेरिकाले सहयोग रोक्ने चेतावनी दिएको छ । अमेरिकाले आइतबार नै इजरायललाई यो पत्र पठाएको थियो ।

हालै इजरायलले गाजाको उत्तरी भागमा ठुलो मात्रामा आक्रमण गरेको थियो।

इजरायली आक्रमणमा ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएको बताइएको छ ।

त्यसपछि अमेरिकाले यो कदम चालेको हो । पत्रमा अमेरिकाले गाजा क्षेत्रमा बिग्रँदै गएको मानवीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

इजरायलले उक्त क्षेत्रमा पठाइने ९० प्रतिशत मानवीय सहायतालाई रोकेको वा अवरुद्ध गरेको पनि पत्रमा उल्लेख गरिएको छ ।

इजरायली अधिकारीका अनुसार इजरायलले हाल अमेरिकी पत्रको समीक्षा गरिरहेको छ र यसलाई गम्भीरतापूर्वक लिएको छ।

यद्यपि इजरायलले यसअघि गाजामा हमास लडाकुहरूलाई निशाना बनाएको र मानवीय सहायता नरोकेको बताएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077