Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई एलन मस्कले गरे ७५ मिलियन डलर सहयोग

डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई एलन मस्कले गरे ७५ मिलियन डलर सहयोग

बुधवार , आश्विन ३०, २०८१

एजेन्सी । अमेरिकी अर्बपति उद्यमी एलन मस्कले अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनावी अभियानका लागि ७५ मिलियन अमेरिकी डलर दिएका छन् ।

अमेरिकाको पूर्वराष्ट्रपतिसमेत रहेका ट्रम्पले चुनावी अभियानका लागि मस्कसँग ७५ मिलियन अमेरिकी डलर लिएको खुलेको हो।

मस्क टेस्ला, स्पेश एक्स र सामाजिक सञ्जाल एक्सका मालिक हुन् । एलन मस्कले ट्रम्पको समर्थक अभियान समूह ‘अमेरिका पीएसी’लाई ३ महिनामा करिब ७५ मिलियन डलर रकम दिएको खुलेको हो।

जुलाईमा ट्रम्पमाथि भएको हमलापछि मस्कले खुलेरै उनीमाथि समर्थन जनाएका थिए। यद्यपि त्यस घटनाअघि पनि मस्कले ट्रम्पलाई विभिन्न मुद्दामा साथ दिँदै आएका थिए।

हालै पेन्सिल्बेनियाको बटलरमा भएको ट्रम्पको र्‍यालीमा पनि मस्क सहभागी भएका थिए ।

अमेरिकाको नयाँ राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस उम्मेदवार छिन् भने रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति ट्रम्पलाई नै उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077