Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

न्युजिल्यान्डविरूद्ध भारत ४६ रनमै अलआउट

न्युजिल्यान्डविरूद्ध भारत ४६ रनमै अलआउट

बिहिवार , कार्तिक १, २०८१

एजेन्सी । न्युजिल्यान्डविरूद्धको पहिलो टेस्टको पहिलो इनिङग्समा भारत ४६ रनमै अलआउट भएको छ ।

बेंगलुरूमा पहिलो दिन वर्षाका कारण खेल हुन सकेन भने बिहीबार दोस्रो दिन पनि वर्षाले असर गरेको थियो।

जसमा पहिले ब्याटिङ गरेको भारत४६ रनमै अलआउट भएको हो ।

३१.२ ओभर मात्र खेलेको भारतका लागि ऋषव पन्तले सबैभन्दा बढी २० रन र ओपनर यशस्वी जैसवालले १३ रन जोडे।

अरु नौ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।भारतले घरेलु मैदानमा टेस्ट क्रिकेटमा बनाएको यो सबैभन्दा कम स्कोर हो।

यस्तै घरेलु मैदानमा एकै सेसनमा अलआउट भएको पनि यो पहिलो पटक हो। घरेलु मैदानमा यसअघिको कम स्कोर ७५ रन थियो। टेस्टमा भारतको सबैभन्दा कम स्कोर अस्ट्रेलियाविरूद्ध एडिलेडमा २०२० मा ३६ रनमा अलआउट हुनु हो।

बिहीबार बेंगलुरुमा बनेको ४६ रन भारतको तेस्रो कम स्कोर हो।भारतलाई सस्तोमा अलआउट गर्न बलिङमा न्युजिल्यान्डका म्याट हेनरीले ५ विकेट र विलियम ओ'रौउरेकले ४ विकेट लिए।

हेनरीले १३.२ ओभरमा ३ मेडन राख्दा १५ रन खर्चिए। हेनरीले यससँगै टेस्टमा सय विकेट समेत पूरा गरे। विलियमले १२ ओभरमा ६ ओभर मेडन फ्याँक्दा २२ रन दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077