Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

बिहिवार , कार्तिक १, २०८१

एजेन्सी । बंगलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्वमहासचिव ओबैदुल कादिरसहित अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो।

हसिनालाई जुलाईदेखि अगस्टमा देशमा भएका अपराधमा संलग्न भएको आरोप छ। इन्टरनेशनल क्रिमिनल ट्रिब्युनल (आईसीटी) ले शेख हसिना र ओबैदुल कादरसहित ४६ जनाविरुद्ध दुई छुट्टाछुट्टै निवेदनको सन्दर्भमा पक्राउ पुर्जी जारी गरेको हो।

उनलाई नोभेम्बर १८ अघि न्यायाधिकरणमा उपस्थित हुन आदेश दिइएको छ ।

आईसीटीले एउटा मुद्दामा शेख हसिनालाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो भने अर्को निवेदनमा अवामी लिगका महासचिव ओबैदुल कादरसहित ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।

जसमा लेखक तथा शिक्षाविद् प्रोफेसर जफर इकबाल र पूर्व न्यायाधीश शमसुद्दीन चौधरी माणिक रहेका छन् । बिहीबार न्यायाधिकरणका अध्यक्ष मो. गुलाम मुर्तजाको अध्यक्षताको इजलासले यस्तो आदेश दिएको हो ।

विद्यार्थी आन्दोलन र आन्दोलनका कारण गत अगस्ट ५ मा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेर भारत आइन् । त्यसयता उनी भारतमै बस्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077