Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । पहिलो टी-२०आई खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा घरेलु टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे। पौडेलले दीपेन्द्रसिंह ऐरीसंग पाचौं विकेटका लागि ६६ रनको साझेदारी गरे । दीपेन्द्र २८ रनमा आउट भए।

आसिफ शेख र अनिलकुमार शाहले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अनिल र आसिफ २७(२७ रन जोडे । नेपालले पछिल्लो ७ बलमा ५ विकेट गुमायो । अब केहीबेरमा अमेरिकाले ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077