Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिपमा श्रीलंकाको विजयी सुरुवात

साफ महिला च्याम्पियनसिपमा श्रीलंकाको विजयी सुरुवात

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । श्रीलंकाले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

दशरथ रगंशालामा भएको पहिलो खेलमा माल्दिभ्सलाई पराजित गर्दै श्रीलंकाले विजयी सुरुवात गरेको हो ।

श्रीलंकाले मालदिभ्सलाई १–० गोलअन्तरले पराजित गर्‍यो। खेलको १८ औँ मिनेटमा इमेसा अनुराधिनीले गरेको गोल र्नै श्रीलंकाका लागि निर्णायक बन्यो।

परेराको क्रसमा इमेसा अनुराधिनीको गोलमा श्रीलंकाले सुरुवाती अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा श्रीलंकाले पहिलो जित निकालेको हो।

जितसँगै ३ अंक जोडेको श्रीलंका समूह बी को शीर्ष स्थानमा उक्लिएको छ।

आजै हुने समूह बी को दोस्रो खेलमा घरेलु टोली नेपाल र भूटान भिड्दैछन्। सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077