Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पक्राउपछि रविको प्रतिक्रिया - मैले कुनै अपराध गरेको छैन, राज्यले पूर्वाग्रह राख्यो

पक्राउपछि रविको प्रतिक्रिया - मैले कुनै अपराध गरेको छैन, राज्यले पूर्वाग्रह राख्यो

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले कुनै अपराध नगरेको दाबी गरेका छन् ।

पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले शुक्रबार साँझ पक्राउ गरेपछि पूर्व गृहमन्त्री समेत रहेका रविले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सो दाबी गरेका हुन् ।

साथै उनले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाए । यस्तै उनले सरकार बनाउने सहमति भएकै दिन आफूलाई पक्राउ गर्ने निर्णय भएको पनि बताए ।

यो सरकार बनाउने निर्णय भएको थियो, त्यो दिनमा आफूलाई जसरी पनि पक्राउ गर्ने तय भएको भन्दै उनले भने, ‘अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु । तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु ।’

सहकारीसम्बन्धी संसदीय विशेष समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस गरेको थियो। सोही आधारमा लामिछाने पक्राउ परेका हुन्।

समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सदस्य कुमार रम्तेल र सञ्चालक छविराज जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

तीमध्ये जोशीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने रम्तेल पनि प्रहरी हिरासत छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077