Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रास्वपा कार्यालयमा प्रधानमन्त्री ओली र देउवाविरूद्ध चर्को नाराबाजी

रास्वपा कार्यालयमा प्रधानमन्त्री ओली र देउवाविरूद्ध चर्को नाराबाजी

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरूद्ध चर्को नाराबाजी भएको छ ।

सभापति रवि लामिछानेलाई प्रहरीले शुक्रबार बेलुकी पक्राउ गर्दा पार्टी कार्यालय, वनस्थलीमा उपस्थित समर्थकको भिडले प्रधानमन्त्री ओली र सभापति देउवाविरूद्ध चर्को नाराबाजी गरेका हुन् ।

कार्यकर्ताहरूले सभापति लामिछानेको समर्थनमा हुटिङ गरेका थिए ।

संगठित अपराध र सहकारी ठगीमा लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन समेत गरेका थिए । उनलाई आजै पोखरा लग्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077