Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रोनाल्डोको गोलमा अल नासरले अल शबाबलाई हरायो

रोनाल्डोको गोलमा अल नासरले अल शबाबलाई हरायो

शनिवार , कार्तिक ३, २०८१

काठमाडौं । साउदी प्रो लिगमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरले अल शबाबलाई हराएको छ ।

गएराति अल शबाब स्टेडियममा भएको खेलमा अल नासरले घरेलु टोलीलाई २–१ गोलले हरायो ।

अल नासरका लागि खेलको ६९ औं मिनेटमा एमेरिक लापोर्टे र खेलको दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरे ।

अल शबाबले खेलको ९० औं मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो । खेलको दोस्रो हाफको इन्ज्युरी समयको १३ औं मिनेटमा अल शबाबले पेनाल्टी पाए पनि गोल गर्न सकेन ।

यो जीतसँगै अल नासर ७ खेलमा १७ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । अब शबाब ७ खेलमा १२ अङ्कसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077