Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गठबन्धन सरकार तत्कालै ढल्दैन, तर काम चित्तबुझ्दो छैन : शेखर कोइराला

गठबन्धन सरकार तत्कालै ढल्दैन, तर काम चित्तबुझ्दो छैन : शेखर कोइराला

शनिवार , कार्तिक ३, २०८१

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस –एमाले गठबन्धनको सरकारले ढल्ने सम्भावना नभएको दाबी गरेका छन् ।

मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो दाबी गरेका हुन् । उनले तत्कालै सरकार ढल्ने सम्भावना नरहेको बताए ।

वर्तमान गठबन्धनको सरकार राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको डा. कोइरालाको भनाइ थियो ।

उनले आगामी निर्वाचनसम्म यो सरकार रहने दाबी पनि गरे। सरकार ढल्ने सम्भावना नभए पनि सरकारको काम चित्तबुझ्दो नभएको कोइरालाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077