Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेल ९२ रनमा 'नटआउट'

नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेल ९२ रनमा 'नटआउट'

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । टी–२० आई शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ ।

डल्लासमा जारी दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ओभरतमा ६ विकेटको क्षतिमा १७० रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले सानदार पारी खेल्दै ५४ बलमा ९४ रन बनाएर नटआउट रहे । यस्तै ओपनर अनिल शाह २५, आशिफ शेख १, गुल्सन झा १९, कप्तान रोहित पौडेल १८, दीपेन्द्र सिंह ऐरी २ र आशिफ शेखले १ रन बनाए । आशिफ १ रनमा रनआउट भए।

अमेरिकाका जसदीप सिंह र नोस्थुश केन्जिगेले समान २ विकेट लिए । तीन खेलको टी–२० शृङ्खलामा नेपाल १–० ले अघि छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077