Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सुक्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुक्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

आइतवार , कार्तिक ४, २०८१

कालीकोट । सुक्खा पहिरोका कारण कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडकखण्ड अवरुद्ध भएको छ।

कालीकोटको शुभकालीका गाउँपालिका–१, गगंनेखोलास्थित कर्णाली राजमार्गमा आज बिहान सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन जाममा परेका छन्। कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका सार्वसाधारण अलपत्र परेका छन्।

प्रहरीसँग समन्वय गरेर एक्साभेटर लगाएर सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077