Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

न्युजिल्यान्डले जित्यो महिला टी–२० विश्वकप क्रिकेटको उपाधि

न्युजिल्यान्डले जित्यो महिला टी–२० विश्वकप क्रिकेटको उपाधि

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्डले पहिलो पटक आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

गएराति भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले हरायो । न्युजिल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमात्र बनाउन सक्यो ।

यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन बनायो ।

महिला टी–२० विश्वकपको सबैभन्दा सफल टोली अस्ट्रेलियाले ६ पटक उपाधि जितेको छ । यस्तै इङ्गल्यान्ड पहिलो संस्करण सन् २००९ र वेस्ट इन्डिज सन् २०१६ को विजेता हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077