Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिकाविरुद्ध नेपाललाई पाँचौ विकेट

अमेरिकाविरुद्ध नेपाललाई पाँचौ विकेट

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । अमेरिकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले पाँचौ विकेट लिएको छ । ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालका लागि सोमपाल कामीले विकेट लिएका हुन् ।

उनले व्यक्तिगत तेस्रो विकेट लिए । उनले शायान जान्हजिरलाई अनिल शाहको हातबाट ९ रनमा क्याच आउट गराए ।

यस्तै उनले तेस्रो विकेटका रुपमा साईतेजा मुक्कामल्लालाई ६८ रनमा बोल्ड आउट गरे । त्यसअगाडी ७.३ ओभरमा राजवंशीको बलमा रिजन ढकालले एरोन जोन्सलाई क्याच आउट गरे । उनले १३ रनको योगदान गरे।

यस अगाडि रिजन ढकालले दोस्रो विकेट लिएका थिए । उनले अमेरिकाका एन्ड्रिज गौस २ रनमा आउट गरेका हुन्।

त्यसैगरी सोमपाल कामीले नेपालका लागि पहिलो विकेट लिएका थिए । टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077