Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । अमेरिकाले टी-२० सिरिजको अन्तिम खेलमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ ।

सोमबार अमेरिकाको डालासमा भएको टी-२० शृंखलाको तेस्रो खेलमा अमेरिकाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो । अमेरिकाका लागि सैतेजा मुखमलाले सर्वाधिक ६८ रन बनाए ।

त्यसैगरी मिलिन्द कुमार ४३ रन‍‍, एरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट, ललित राजवंशी र रिजन ढकालले १र१ विकेट लिएका थिए । नेपालले आजको खेल जित्दै सिरिज क्लिन स्वीप गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077