Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अमेरिकाविरुद्ध नेपालको ऐतिहासिक 'क्लिन स्विप'

अमेरिकाविरुद्ध नेपालको ऐतिहासिक 'क्लिन स्विप'

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । नेपालले टी–२० आई सिरिजमा अमेरिकामाथि ऐतिहासिक 'क्लिन स्विप' गरेको छ ।  सोमबार अमेरिकाको डालासमा भएको टी(२० शृंखलाको तेस्रो खेलमा अमेरिकालाई पराजित गर्दै नेपाल ८ विकेटले विजयी भएको हो ।

जितका लागि १५७ रनको लक्ष्य पाएको नेपालले २ विकेटको क्षतिमा १८.४ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपालका लागि आशिफ शेखले अर्धसतक प्रहार गरेका थिए । यसैगरी अनिल शाहले १३ रनको योगदान गरे। कुशल मल्लले ४४ रन र कुशल भुर्तेलले ४० रनको बनाउँदै अविजित रहे।

अमेरिकाका लागि जुआनोय ड्रिसडेल र जसदीप सिंहले १/१ विकेट लिए।

यस अगाडि टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। अमेरिकाका लागि सैतेजा मुखमलाले सर्वाधिक ६८ रन बनाए। उनलाई सोमपालको बलमा अनिल शाहले क्याच गरेर पेभेलियन फर्काएका हुन्। त्यसैगरी मिलिन्द कुमार ४३ रन‍, एरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका लागि सोमपाल कामीले शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए। ललित राजवंशी र रिजन ढकालले १/१ विकेट लिन सफल भए।

नेपालले पहिलो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा सुपर ओभरमा जित हात पारेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077