Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

श्रीलंकामाथि भुटानको फराकिलो जित

श्रीलंकामाथि भुटानको फराकिलो जित

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा भुटानले श्रीलंकामाथि ४–१ को प्रभावशाली जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा भुटानले श्रीलंकामाथि ४–१ को फराकिलो जित दर्ता गरेको हो।

भुटानले पहिलो खेलमा घरेलु टोली नेपालसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो।

श्रीलंकाले पहिलो खेलमा मालदिभ्सलाई पराजित गरेको थियो। जितपछि भुटान दुई खेलबाट चार अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ ।

श्रीलंका भने तीन अंकमै सीमित रह्यो । उसको पनि सेमिफाइनल प्रवेशको सम्भावना जीवितै छ । अब भुटानले लिग चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ ।

श्रीलंकाले भने नेपालसँग खेल्नेछ । सोमबार साँझको यसै समूहको अर्को खेलमा नेपाल र माल्दिभ्स भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077