Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माल्दिभ्सको पोस्टमा नेपालको गोल वर्षा, ११-० गोलले विजयी

माल्दिभ्सको पोस्टमा नेपालको गोल वर्षा, ११-० गोलले विजयी

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध शानदार प्रदर्शन गर्दै ११-० को फराकिलो जित हासिल गरेको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा रेखा रेखा पौडेलले ५ गोल र प्रिती राईले ३ गोल गरिन् ।

यस्तै सविता राना मगर, अमिसा कार्की र अनिता केसीले एक-एक गोल गरे । नेपालले पहिलो हाफमै गोलको वर्षा गर्दै माल्दिभ्सलाई दबाबमा राखेको थियो ।

यससँगै नेपालले ४ अंक जोडेको छ। यसअघि भुटानसँगको खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077